अर्घाखाँचीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजि ७२ बर्षिय विर बहादुर गमालको कार्तिक २ गते बुधबार मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैंकबाट बृद्धभक्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको हो । गमाल बाटो देखी झण्डै ८० मिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रहरीको प्रारम्भिक अनुसान्धान अनुसार बुधबार दिउसो करिव ४ बजेको समयमा विर बहादुर गमाल र उनका दाजुले भत्ता बुझेपछि हिड्दै घर फर्केका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?