कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवबस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं‌‌. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिदैं दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ । दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?