५० हजारलाई रोजगारी दिन बाँकी नै छ, स्टेडियम बनाउन त्यसै छ….

केही दिन अघि पुर्व माओवादीका पुर्व माननिय टोपबहादुर रायमाझीले एउटा टिप्पणी गर्नुभएछ । भन्नुभएछ ‘यदि यसपालि गठबन्धनले जित्यो भने देश २० वर्ष पछाडी धकेलिन्छ’ । यो टिप्पणी आफैमा हाँस्यासपद त छ नै रायमाझी आफैलाई कुरी–कुरी गर्ने खालको स्टेटमेन्ट पनि हो ।

(नेकपा) माओवादी केन्द्रमा छदा उनको रवाफ, पहुँच, ल्याकत र पहिचान छुट्टै थियो । पार्टी भित्र पटक पटक सत्ताको स्वाद चाखेका नेताहरुमा उनी टप ५ मै पर्छन । नेकपा विभाजन पछि एकाएक सांसद पद त्यागेर एमाले कित्तामा उभियका रायमाझी केन्द्रिय सचिव पनि भए । तर, पहिलेको जस्तो नाम, फ्रेम, ईमेज चाँही रहेन ।

झन्डै १५ वर्षको अवधीमा ४ पटक मन्त्री भएका रायमाझीले ६ वटा मन्त्रालयमा कामको अनुभव बटुलेका छन् । उर्जा मन्त्रालयदेखी उपप्रधानमन्त्री सम्मका महत्वपुर्ण मन्त्रालय सम्हालिसकेका रायमाझीले शान्तीसम्झौता पछी देशको बागडोर सम्हाल्ने सबैभन्दा बढी मौका पाए । झन्डावाला गाडी बोकेर जिल्ला कुदिहाल्ने र स्टन्डबाजी गर्नेमा उनी अग्रपंतिमा देखिए । सपथ खाने, सुविधा लिने र गाडी चढ्ने बाहेक उनको सम्झन लायक काम देखिदैंन ।

मौकामा पुगेर काम गर्न चुकेका उनले अरुलाई खिसिटिउरी गर्न कति जायज होला ? सत्ता स्वार्थको उदाहरणीय पात्र बनेका उनै रायमाझीले अझैपनि काम भएन, अरुले गरेनन गर्न दिएनन भन्नु कतिको जायज होला ?

कमरेड ‘अनिल’ १ गठबन्धनले जित्यो भने देश २० वर्ष पछाडी धकेलिन्छ भन्नुभएछ । यो देश ५० वर्ष पछाडी धकेलेको तपाईले होईन ?

राणा, राजा र काङ्ग्रेसले बनाएका संरचनामा बम पड्काउने तपाई होईन ? टावरहरु जलाउने तपाई होईन ? सरकारी कार्यालयमा आगजनी गरेर ध्वस्त बनाउने तपाई होईन ? बाटो–बाटोमा एम्बुलेन्स थापेर बाटो भत्काउने तपाई होईन ? सेना प्रहरीका हतियार खोस्ने, बैंकका गरगहना र पैसा लुट्ने तपाई होईन ? उद्योगहरुमा आगो लगाउने तपाई होईन ? बोर्डिङ्ग स्कुलहरुमा विध्वंस मच्चाउने तँपाई होईन ?

ति संरचनाहरु अहिले भएको भए देश यती पछाडी हुन्थ्यो ? बाटोघाटो फेरी बनाउनु पर्थ्यो ? भवनहरु पुनः बनाउनु पर्थ्यो ? मानविय क्षतीका त विवरण अझै बाँकी छन् ।

मैले गर्दा देश कति पछाडी परेको छ भन्ने हेक्का छ तपाईलाई ? मेरै सनकले सन्धिखर्क सदरमुकाम जस्तो छैन भन्ने भान छ तपाईलाई रु मेरै नेतृत्वमा भौतिक सम्पत्ती र बौद्धिक सम्पत्ती छानीछानी नष्ट गरेको हुँ भन्ने पश्चाताप छ तपाईलाई ?

हिजो आफैले भत्काएको भवनको आज शिलन्यास गर्नुहुन्छ, के ठुलो काम भयो ? हिजो आफैले जलाएको नक्साहरु आज वितरण गर्नुहुन्छ, के नौलो कुरा भयो ? हिजो आफैले पुरेको बाटोमा आज डोजर लगाउँदै हुनुहुन्छ, के फरक भयो ?

अर्घाखाँचीबाट अवसर प्राप्त गर्नेमा तपाई भन्दा धेरै मौका पाउने कोही छ भने मलाई बताईदिनुस ? अनी तपाईले कस्लाई दोष दिएर उम्किन मिल्छ ? स्व. काशिनाथ गौतमले २०४८ सालमा कोरेको सडकमार्ग ढोरपाटनको रुपमा कैले पुरा गर्ने ? पुर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले २०५४ सालमा वाङलामा एयरपोर्ट बनाउन गरेको सर्वेको प्रतिविम्व अर्घा भगवती विमानस्थल कहिले पुरा गर्ने ? अझ, स्टेडियम बनाउन बाँकी नै छ, ५० हजारलाई स्वरोजगार बनाउन बाँकी नै छ, बञ्जीजम्प बनाउन बाँकी नै छ, जनताको मुहारमा खुशी फर्काउन बाँकी नै छ । भन्नुस् १५ वर्ष भन्दा कति समय दिनुपर्छ ?

२०६४ मा जितेको तपाई, २०७० मा जितेको तपाई, २०७४ मा जितेको तपाई, चार पटक मन्त्री हुने तपाई, ६ वटा मन्त्रालय सम्हाल्ने तपाई अनी विकासको आस हामीले कोसँग गर्ने ? अनी नभएका कामको दोष कस्लाई दिने ? खेर गएको समयको हिसाब कोसँग माग्ने ? अनी, अब फेरी हजुरलाई नै किन मत दिने ?

उमेश पछाई

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?