भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

बुटवल । भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् ।

बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल श्रेष्ठले नेपालकै प्रतनिनिधत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका हुन् ।‘यूनिटी इन डाइभर्सिटी’ भन्ने मूला नारासहित आयोजना हुन लागेको मिष्टर एण्ड मिस वल्र्ड हेरिटेजमा शितलले मिस र नुरले मिस्टर हेरिटेजका लागि प्रतिष्पर्धा गर्ने आयोजक संस्था ट्यालेन्टिका इन्टरनेशनल कम्पनीका नेपाल कन्ट्री डाईरेक्टर प्रशान्त शाहले बताए ।

उनकाअनुसार करिब ४० देशका प्रतिष्पर्धीहरुबीच प्रतिष्पर्धा गर्नका लागि उनीहरु भारतका मुम्बई जान लागेका हुन्।बुटवल लगाएत नेपालमा भएका विभिन्न प्रतियोगिताका विजेता,लामो समयदेखि सौन्दर्य प्रतियोगितामा सहभागिता र करिब एक् महिनाको कार्यशालाबाट छनौट भई उनीहरु नेपालबाट प्रतिनिधि हुन सफल भएको कोरियोग्राफर समेत रहेका शाहले जनाए ।

आइतबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतियोगीद्वयले आफूहरु तयारीका साथ सहभागिता जनाउन लागेका बताए । प्रतियोगी दुबै जनाले मोडलिङ क्षेत्रलाई नै करियर बनाउने लक्ष्य रहेको बताउँदै भारतमा हुने प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिने जनाए ।

सहभागितका लागि नेपालबाट सहभागी हुने उनीहरुले ड्रेस र व्यक्तिगत खर्च बाहेक अन्य सबै आयोजक कम्पनीले आँफै व्यवस्थापन गर्ने आयोजक कम्पनीका नेपाल निर्देशक प्रशान्त शाहले जानकारी दिए ।

नेपालको प्रतनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन जाने लागेका दुबैका लागि मेक अप पार्टनर आष्मा मेकअप स्टूडियो र डे«स पार्टन्र ट्रिनिटी फेसन इन्ष्टिच्यूट रहेको शाहले बताए । पत्रकार सम्मेलनमा आष्मा मेकअप स्टूडियोकी प्रबन्ध निर्देशक विष्णु गैरे पाण्डे, ट्रिनिटी फेसन इन्ष्टिच्यूटकी मनु थापा लगाएतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?