मैले तपाईलाई भोट किन दिने ?

तपाईले चौरासी ब्यन्जन सहित भोजन गर्दै गर्दा मेरो घरमा १ पटक मात्र चुल्हो बल्ने गरेको छ ।

तपाईको घर जाने बाटो पिच हुँदा, मेरो घर जाने बाटो भत्काउनु भएको छ ।

म जग्गा विहिन हुँदै बेरोजगार हुदै गर्दा, तपाईले डोजर र भ्याकुले धमाधम जमिन भत्काउनु भएको छ ।

तपाईले गाडी चढ्ने हुँदा, मलाई साहु र बैंकले ऋण पत्याउन छाडेको छ ।
तपाईको घरमा पानी जाँदा, मैले खाने पानीको मूल सुकेको छ ।

मेरो खेत बारी बाँझो हुँदा, तपाईले खेतीयोग्य जमीनलाई घडेरी बनाउनु भएको छ ।

तपाई र तपाईको नातागोताले जागिर पाँउदा, मेरा सन्तान नेपाल छोड्न बाध्य भएका छन्,

तपाईले निजी विद्यालय र कलेज खोल्दा, मेरो सन्तानले पढ्ने सरकारी विद्यालय मन्द भएको छ

मैले उपचार पाउने सरकारी अस्पताल थलिँदा, तपाईले निजी अस्पतालखोली सरकारी डाक्टरलाई तपाईले कजाँउनु भएको छ ।

तपाईले नानाभाती सेवा र सुविधा लिदै गर्दा, मैले तिर्ने करले मेरो ढाड सेकिएको छ ।

तपाईले भ्रष्ट्रचार गर्दा र कमिशन खाँदा, मैले हरेक समानको महंगोमा किन्न परेको छ ।

मेरो छोरा छोरी खाडीमा तल्लो स्तरको काम गर्दै गर्दा, तपाईले आफ्ना छोरा छोरी युरोप र अमेरिका पठाउनु भएको छ ।

तपाईले गाँउको घर र जमीन छोडेर बजार जाँदा, गाँउ र घर खण्डहर भएको छ ।

तपाईले अक्सिजन र औषधी पाँउदा, मेरो परिवार सामान्य औषधी र उपचार नपाएर मरेका छन् ।

मेरा छोरी बलत्कृत र छोरा मारिदा, तपाईले शान्ति सुरक्षा उपभोग गर्दै हिड्नु भएको छ ।

तपाईलाई विरुद्ध बोल्ने मान्छे थुनिँदा, हामीलाई अपहेलित गर्ने, बोक्सी भन्ने मलमूत्र खुवाँउने खुलेयाम हिडेका छन् ।
तपाईको आर्थिक हैसियत र आय बढ्दा, मेरो र मेरो परिवारको ऋण सँगै देशको ऋण बढेको छ,
म मर्न नसकेर बाँचेको छु ।

मेरा परिवार केही भोकले र केही रोगले खायो,

बाँचेकाहरु आफु र मलाई बचाउन देश विदेश गएका छन् ।

म एक्लै छु, असायह छु,

चुनावमा तपाईको नमस्कार र नाटकी मुस्कान बाहेक

देश समाज र परिवारको लागि तपाईबाट केही देख्न पाएको छैन,

पहिले पहिले पनि धेरै आस्वासन देखाउनु भयो तर केही गर्नु भएको छैन

त्यसैले

अब भन्नु मैले तपाईलाई भोट किन दिने ?

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कृष्ण वर्मा
लेखकको बारेमा

कृष्ण वर्मा

बर्मा समाचारपाेष्ट डटकमका कानुनि सल्लाहकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?