पदम पाण्डेका ५ मुक्तक

धोका ,बिछोडको परिभाषा रट्न नपरोस् ।
दिलको संघारबाट बाहिर कट्न नपरोस् ।
दुनियाँले नअंगालोस केही छैन वास्ता
तिम्रो अंगालोबाट कहिल्यै हट्न नपरोस् ।
महत्त्व बढेर मान , सम्मान एकको ठाउँमा छ
दुनियाँ संगको चिनजान एकको ठाउँमा छ
जस्को जिन्दगीमा म दशमलव पछि रहेछु
मेरो जीवनमा उसैको स्थान एकको ठाउँमा छ
गुनासो सङ्कलन यत्ती धेरै हुन्छ
मुस्कानलाई बन्धन यत्ती धेरै हुन्छ
आँसुमा डुबाइदिन्छ पुरै जिन्दगी
यी यादहरुको वजन यत्ति धेरै हुन्छ
उनिउ भएर गुलाफ झैँ फुल्न खोज्दैछस्
आफै दुखका धेरै टुक्रा बटुल्न खोज्दैछस्
ए मन१ हिजो कसलाई सम्झिएको थिइस
आज तँ आफ्नै हैसियत भुल्न खोज्दैछस्
मन्दिर जानू पत्थर भाक्नु मेरै गल्ती हो
जुनि भरको साथ माग्नु मेरै गल्ती हो
सोचे जस्तो हुन्न जीवन भन्ने जान्दा पनि
तिमीलाई पाउने सोच राख्नु मेरै गल्ती हो।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?