लुम्बिनी साँस्कृतिक नगरपालिकामा फोहोरमैला व्यवस्थापन कार्य प्रारम्भ, नगरवासी उत्साहित

लुम्बिनी साँस्कृतिक नगरपालिकामा बहुप्रतिक्षित र बहुसरोकारित विषयको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य सुरु भएको छ ।

बिहिबार नगरपालिकाले मायादेवी मन्दिर प्रवेस गर्ने गेट नम्बर ५ को अगाडिदेखि फोहोर उठाउने र नाली तथा फुटपाथ सफा गर्न सुरु गरेको छ । नगर प्रमुख सजरुद्दिन मुसलमानले आजदेखि फोहोर व्यवस्थापनको कार्य प्रारम्भ भएको र यो कार्य निरन्तर हुने बताएका छन । उनले भने ूनगरपालिका आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको प्रबन्ध गरेर अगाडि बढ्ने छ ।ू

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले फोहोरमैला व्यवस्थापनका लागि तत्कालका लागि सरसफाईकर्मी र नगरपालिका कै टिप्पर परिचालन गरि डम्पिङ गरिने बताएका छन । तर यसले दिर्घकालिन समाधान नदिने भएकाले आधुनिक प्रविधिको प्रयोग गरिने गृहकार्य भईरहेको उल्लेख गरे । उनले चाँडै नै नगरपालिकामा शून्य पोलिथिन तथा घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गिकरण अभियान चलाइने बताए । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिनेलाई पुनः प्रयोगमा ल्याउन प्लाण्ट स्थापना गरिने उनको भनाई रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेय अगाडि थप छन लुम्बिनीको पवित्रता र वुद्धप्रतिको आस्था र विश्वासलाई कायम राख्न लुम्बिनीलाई स्वच्छ, सफा र हरियाली पर्यटकीय नगरीको रुपमा विकास गर्ने योजना रहेको छ । यसका लागि सरोकारवाला सम्पूर्ण नगरवासि, संघ संस्था र नागरिक समाजको सहयोग र सक्रियता आवश्यक रहेको छ । नगरपालिकाका राजनीतिक तथा प्रशासनिक सल्लाहकार मोहम्मद सइद खाँनले आजको सरसफाईको सुरुवातले नगरको सरसफाईमा नयाँ अध्यायको सुरुवात भएको बताए । उनले भने यसले नगरवासीमा नयाँ आशा र उत्साह थपिएको छ ।

वर्षौँदेखि पर्यटन शुल्क उठाउँदै आएको लुम्बिनी विकास कोषले चासो नदिँदा यहाँ फोहोरमैलाको समस्या चुलिएको स्थानीयहरुको भनाई रहेको छ । दैनिक हजारौँ पर्यटक आगमन हुने लुम्बिनीमा यहाँको फोहोर र दुर्गन्धले नकारात्मक सन्देश जाने पर्यटन व्यवसायीहरु बताउँछन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?