जाजरकोटमा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमै र घाईते २ जनाको उपचारका लागि सुर्खेद लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ। जिप दशेराको जेवाबाट लेवा जाँदै थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका ६ थाना जाजरकोटका विरबहादुर खत्री, छेडागाड ५ लेवाका जयबहादुर बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, देवीसरा बुढा, अम्मर अधिकारी, निशा अधिकारी र दीपक अधिकारी छन् । त्यस्तै गाडी चालक भगवति गाँउपालिका २ रुम दैलेख निवासी मानबहादुर रावत, भगवतिमाई गाँउपालिका ३ दैलेखका विरेन्द्र केसी र अमरबहादुर खड्काको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका जैवान अधिकारीको अवस्था गम्भीर छ। उनको थप उपचारका लागि सुर्खेत पठाईएको छ।

जिप दैलेख भगवतिमाई गाँउपालिका ३ बाट विरेन्द्र खड्का र छेडागाड ५लेवाकी सम्झना बिसीको बिहेमा दुलही लिन जाजरकोटको दशेरा आएको थियो। विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार लैजानेक्रममा दुर्घटना भएको स्थानीय प्रेम रावतले बताए ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?