गोरु पर पर : कृषकलाइ अचेल ट्याक्टर कै भर

अर्घाखाँची ।   सेतै फूलेको कपाल, निधारमा तारे टिका र दौरा सुरुवाल पहिरिएर गाँउभरी पण्डित्याइँ गर्दै हिँड्ने सन्धिखर्क नगरपालिका १० निवासी टिकाराम आचार्य ९नाम परिवर्तन० लाई सबैले पण्डित बा भनेर चिन्ने गर्छन् ।

उमेरले डाँडा काटिसक्यो, घरमा दश भुक्तान काम सकेर यजमानको वैदिक कर्म गराउन गाँउभरी हिँड्नु उहाँको दैनिकी नै बनेको छ ।

मंसिरमा धान भित्राइ सकेपछि सबैले खेतमा गहुँ छर्ने तर्खरमा लागे । बाझो खेत खनजोत गरी गहुँ छर्ने मेलोमेसो मिलाउन भन्दै पण्डित बा गोरु र हली खोज्न गाउँ भरी चाहार्नुभयो तर कहीँ गोरु र हली फेला पर्न सकेनन् । छिमेकी सबैले खेत जोती सके तर पण्डित बा को मात्र बाझै रह्यो । घरमा गोरु पाल्ने जहान छैनन्, कहिकतै गोरु पाइहाले पनि हली पाइँदैन, आफ्नो हातबाट हलो चल्दैन ।

निरास मुद्रामा पण्डित बा ले भन्नुभयो “घरभरि जहान हुन्थे गोठभरि डिँगा पालिन्थ्यो, गाँउमा जनशक्तिको कमी नहुने हुँदा खेताला जाने, अर्म पर्म गर्ने चलन थियो आजकाल सब हरायो । ”

७५ वर्ष पार गरिसकेका पण्डित बा ले अहिलेसम्म आफूले हलो जोत्नुभएन, पण्डित्याइँ गर्नेहरूले हलो जोत्नु हुँदैन भन्ने मान्यता समाजमा रहेकाले आफूले हलो नजोतेको उहाँले बताउनुभयो ।

छिमेकी सबैको खेत हरियाली हुन लाग्दा समेत पण्डित बा ले गहुँ छर्न सक्नुभएन । फलानाको खेत बाझो भयो भनी गाउँले हरुले कुरा काट्ने भए भन्ने डरले चिन्तित पण्डित बा को मनमा नयाँ सोच आयो ।

छिमेकीको घरमा रहेको हाते ट्याक्टर लिनुभयो अनि खेत छर्न लाग्नुभयो । न गोरुको चिन्ता न हलीको, पण्डित बा ले हलो जोते भन्ने हुन्की भन्ने डर समेत हाते ट्याक्टर प्रयोगले हटाइदियो ।

पण्डित बा समाजको प्रतिनिधि पात्र हुनुहुन्छ, आधुनिकता सँगै कृषिमा हुँदै गएको यान्त्रीकरणले परम्परागत साधन हलो, जुवा लोप हुने अवस्थामा छन् भने गोरु पाल्ने प्रचलन हराउँदै गएको छ ।

ग्रामीण क्षेत्रमा रोजगारीका अवसर नहुने, परम्परागत खेती प्रणालीबाट परिवार पाल्न मुस्किल हुन थालेपछि गाउँ छाड्ने सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसले गर्दा शहर झाँगिँदै छन् भने गाउँ नाङ्गिँदै‘‘‘

ग्रामीण बस्तीहरूमा वृद्धवृद्धा मात्र बसोबास गर्ने, युवा जनशक्ति विभिन्न सिलसिलामा शहर पस्ने प्रचलनले गाउँ वृद्धाश्रम जस्तै बनेका छन् । गाउँका खेतीयोग्य जमिन बाझिँदै जाँदा दिनप्रतिदिन खाद्यान्नमा परनिर्भरता बढ्दै गइरहेको यथार्थ हामीमाझ घामजस्तै छर्लङ्ग छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?