सन्धिखर्क नगरपालिका : धानबालीमा क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण गरेको छ ।

जस अन्तर्गत नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत स्वरूप नगद प्रदान गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताए ।

वडाको मथुरावेशी क्षेत्रमा ५८ रोपनी क्षेत्रफलमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको थियो ।

सोही बमोजिम प्रति रोपनी १५ सयका दरले नगद प्रदान गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए । प्रति किसानले १५ सय देखि ६ हजारसम्म राहत स्वरूप नगद प्राप्त गरेका छन् ।

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका कृषक वडा कार्यालय मार्फत धानबाली क्षति बापतको रकम बुझेपछि हर्षित भएका छन् ।

नगरपालिका कृषि शाखाले सबै वडा मार्फत क्षतिको विवरण सङ्कलन गरेको थियो । सोही अनुसार सबै वडामा राहत स्वरूप नगद प्रदान गर्ने कार्यक्रम रहेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?