समाज रुपान्तरणको सबैभन्दा ठूलो हतियार संचार माध्यम हो : मन्त्री गहतराज

बुटवल । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुपान्तरणको सबभन्दा ठूलो हतियार संचार माध्यम रहेको बताएका छन् ।

जागरण मोडिया सेन्टरको २३औँ वार्षिक साधारण सभा तथा रेडियो जागरण ९३.६ मेगाहर्जको १५ औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्त्री गहतराजले दलित मुक्ती आन्दोलन, वर्गीय तथा क्षेत्रीय बिभेदको अन्त्य तथा परिवर्तनको लागि संचार माध्यमले ठूलो भुमिका रहेको बताएका छन् । एक ब्याक्ती बोल्दा केही मानिसले मात्र सुन्ने तर संचार माध्यमले बोल्दा धेरैले सुन्ने बताउँदै परिवर्तनको आधार मिडिया रहेको उनको तर्क छ ।

समाजिक विभेद, जातिय बिभेदको बिरुद्ध हातेमालो गरेर अगडी बड्नु पर्नेमा उनले जोड दिए । नेपालको निर्वाचन प्रणाली पनि सबै विभेद तथा बिकृतिको मुल जड भएको उनले बताएका छन् । “भोट पाउने आशामा भएपनि कसैको अपराध तथा बिभेद लुकाउन खोजिने गरेको छ, त्यसैले यो निर्वाचन प्रणाली नै परिवर्तन हुन जरुरी छ ” उनले भने ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?