अर्घाखाँची : दुई तिहाई शैक्षिकसत्र सकियो, विद्यार्थीले गणित पढ्न पाएनन्

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नंम्बर ३ स्थित बराहनेटा आधारभूत विद्यालयको कक्षा ७ मा शैक्षिकसत्र २०७९ सुरु भएदेखि गणित विषयको पढाई हुनसकेको छैन ।

स्थानीय सरकारको विभेद, विद्यालय व्यवस्थापन समितिको गैरजिम्मेवारी पुर्ण कार्यशैली, विद्यालय प्रशासकको चरम लापरबाही र आपसी बिवादका कारण शिक्षक नियुत्त हुन नसक्दा कक्षा ७ मा अध्ययनरत २३ जना विद्यार्थीहरुले गणित विषय पढ्न नपाएको विद्यालयका सुचना अधिकारी सुदिप केसीले जानकारी दिए ।

दुई तिहाई शैक्षिकसत्र सकिदासम्म पनि गणित बिषयको पठनपाठन नहुदा बालबालिकाहरुको भविष्य खतरामा परेको अभिभावक बताउछन् । यता सन्धिखर्क नगरपालिकाबाट भने गणित बिषयको अध्यापनका लागि जिम्मेवारी दिईसकीएको सन्धिखर्क नगरपालिकाकी शिक्षा अधिकृत मन्जु आचार्यको भनाई छ । उनि भन्छिन्, “हामीले गणित बिषय पढाउन भनि सोहि विद्यालयका शिक्षक सुदिप केसीलाई परिपत्र गरेरै जिम्मेवारी दिएका छौँ । तर उहाँले आफ्नो जिम्मेवारी पुरा गर्नु भएन ।”

यस विद्यालयमा शैक्षिकसत्र २०७९ मा कक्षा ०–८ मा कुल १४८ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा नि.मा.वि तहमा राहत,अनुदान गरी ३ जना, प्रा.वि तहमा स्थायी, अस्थायी, राहत गरी ७ जना, बालविकासमा १ जना र विद्यालय कर्मचारी १ जना गरि कुल १२ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?