देउवाबाट अपमानित भएर पोखरा आएको हुँ : गगन थापा

पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गरेका छन्।पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गरेका हुन् ।

हिजो आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेकाे तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री थापाले बताए । उनले आफूलाई फाेन आउँछ भनेर पाेखरा जाने जहाजकाे टिकट तीन पटकसम्म सारेकाे पनि बताए ।

उनले भने, ‘व्यक्तिगतरूपमा म नढाँटिकन भन्छु, हिजो १० बजे म यहाँ आउने योजना थियो, मैले बिहान ६ बजेदेखि फोन खोलेर पार्टी सभापतिको कल कति बेला आउँछ भनेर कुरेर बसेँ । म अहिले सांसद पनि हो, पार्टीको विधानको हिसाबले पार्टीका महामन्त्री संसदीय दलका पदेन सदस्य हुन्छन्, अहिले दलको नेता शेरबहादुर देउवा हुनुहुन्छ, दुई जना महामन्त्री संसदीय दलको पदेन सदस्य हौँ । मेरो सभापतिले पहिले पार्टीभित्र छलफल गर्ने र त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भन्नुभएको कुरा मैले समाचारमा सुनेँ । त्यो पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, पक्कै फोन आउला भन्ने लाग्यो । मलाई हिजो यहाँको सत्र छुट्छ कि भन्ने लागेको थियो तर देश यस्तो मोडमा छ, कम्तीमा पार्टीमा छलफल गरेरमात्रै जानुपर्छ भनेर पोखरा आउने जहाजको टिकट १० बजेबाट १२ बजे, १२ बजेबाट २ बजेका लागि सारेँ । पार्टी कार्यालयमा भएको छलफल होइन, उहाँको निवासमा भएको छलफल हो, घर हो । घरमा नबोलाइनकन जाने कुरा भएन, फोन गरेर बसेको बस्यै गरेँ । एक प्रकारले भन्ने हो भने म यहाँ अपमानित भएको आएको हो । मैले जे महसुस गरेँ त्यो कुरा मैले शेयर गरेको हुँ ।’

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?