धातिवाङ्ग : ६८ वर्षमाथिका बुबाआमालाई लिएर रिडीधाममा ‘तिर्थयात्रा’

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको नेतृत्वमा गाउँका जान इच्छुक आमाबुबाहरु लिएर रिडीधाममा वडा अध्यक्ष पौडेल पुगेका छन् ।

निर्वाचनको समयमा सबैका छोराछोरीहरु गाउँमा नहुँने, सबैसँग आउँन जान आर्थिक समस्या पनि हुने भएकाले तिर्थयात्रा कार्यक्रम अनुुसार पाल्पा गुल्मी र स्याङ्जाको संगमस्थल रिडीधाममा लैजाने कार्यक्रमअनुसार तिर्थयात्रा गराईएको हो । माघ १ गते रिडीधाममा लैजाने तय भएतापनि विविध कारणले स्थगित तिर्थयात्रा कार्यक्रम माघेऔशीको अवसरमा आज गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

वडा कार्यालयले सुचना प्रकाशन गरी वडामा नामावली दर्ता गर्नुभएका तथा टोलटोलमा जान इच्छुकहरुको नामावली संकलन गरेर तिर्थयात्रको कार्यक्रम गरिएको हो । तिर्थयात्रमा वडा अध्यक्ष पौडेल, वडा सदस्यहरु खगेश्वर पौडेल, हरिप्रसाद पौडेल लगाएत वडाका कर्मचारी, स्वास्थ्यका कर्मचारी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तिर्थयात्रामा सहभागीहरुले माघ महिनामा रिडीधाममा स्नान गर्न पाउँदा निकै खुसी भएको बताएका थिए । वडा कार्यालयले ज्येष्ठ नागरिक कार्यक्रम राखी तिर्थयात्रा लगेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?