म अर्घाखाँची आउदैछु, सक्छौ भने रोकेर देखाउ : गायिका ज्योति मगर

 बुटवल । चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर अर्घाखाँची महोत्सवमा यहि माघ २३ गते प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

अर्घाखाँची जिल्लामा संचालन भइरहेको पाँचौ अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुती दिन ज्योती मगर अर्घाखाँची जाँदै छिन् । तर अर्घाखाँचीका केही संघ संस्थाहरूले ज्योती मगरको प्रस्तुती अस्लिल र संस्कार बिपरित भएकाले बहिस्कार गर्ने भन्दै बिज्ञाप्ती निकाले पछि गायिका मगरले समाजिक संजालमा स्टाटस राख्दै आफूलाई रोकेर देखाउन चुनौती दिएकी छिन् ।

उनी लेख्छिन्
आज भोली खोलियका धेरै जसो संघ संस्था हरु र समाजिक अभियन्ता हरु समाजिक मुल्य र मान्यता लाई जोगाउन होइन समाजसेवा को नाम मा चन्दा उठाउन र सो कल्ड उम्मेदवार (सदस्य,अधेक्ष,) बनी समाज मा आफू लाई होनहार ब्याक्तित्व देखाउन को लागि खोलियको हुन्छ जस्को कुनै सामाजिक दायित्व हुदैनन ब्यक्तिगत मनमानी ब्यक्तिगत रिसराग र ब्यक्तिगत आफुले पैसा कमाउने जस्तो कि “हाम्रो सस्था ले फलानो को किड्नी उपचार गर्दै छ” भन्दै पैसा उठाउने र आधा भन्दा धेरै मिलिजुली बाडी खाने हेतु ले खोलियको हुन्छन,अरु कच्चा चिठ्ठा त धेरै के खोल्नु यस्ता सो कल्ड संघ सस्था लाई त म बहिस्कार गर्छु त्यो पनि एक्लै… हिम्मत छ भने मलाइ रोकेर देखाउनुस म भोलि अर्घाखाँची मा आफ्नो प्रस्तुति दिदै छु… म ज्योती मगर र मेरो दायित्व दर्सक स्रोता को मनोरञ्जन को साथ साथै म जस्ता हजारौ युवती हरु जो सामाजिक कुसस्कार को सिकार भै आफ्नो इक्षा आकाक्षा र अधिकार बाट बन्चित छन उनी हरु लाइ मार्गदर्शन गर्नु पनि हो… म अहिले पुर्ब उर्लावारि बाट प्राइभेट कार मा चढी करिब 15/16 घन्टा को यात्रा तय गरि आउदै छु अर्घाखाँची मा… सक्छौ भनेर रोकेर देखाउनु… (हात्ती चल्यो बजार,कुकुर भुके हजार)

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?