सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको भारतमा मृत्यु

अर्घाखाँची । अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।

अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हाे ।

लामो समयदेखि मृतक भुसालका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएका थिए । त्यसपछि बाथ र प्रेसर रोगबाट ग्रस्त भएकी आमा मिनाकुमारी भुसालको उपचार एवं पालन पोषणको समस्या टार्न मृतक भुसाल पढाइ छोडेर रोजगारिको लागि केही महिना अघि मात्र भारतमा गएर आमाको सहारा बनेका थिए ।

कारको टक्करबाट गम्भीर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?