अर्घाखाँची । अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।
अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हाे ।
कारको टक्करबाट गम्भीर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ ।













