राष्ट्रपति रनिङ्ग शिल्ड : द्यौराली मावि पटौटिको ह्याट्रीक

दुर्गाफाँट । फागुन ७ र ८ गते पाणिनी गाउँपालिकाको दुर्गाफाट स्थित बरकारुख खेल मैदानमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा द्यौराली माध्यमिक विद्यालयले शिल्ड आफ्नो पोल्टामा पारेको छ ।

आइतबार र सोमवार सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै द्यौराली मावीले शिल्ड जित्न सफल भएको हो । यो संगै द्यौराली माविले ह्याट्रीक गरेको छ ।

१३ बिधाका २६ खेलमा २४ अङ्क पाएको द्याैरालीले अघिल्ला २ संस्करण २०७७ र २०७८ मा पनि शिल्ड जित्न सफल भएको थियो ।

लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शिल्ड जित्दा खुसी लागेको भन्दै द्यौराली माबिका खेल शिक्षक लक्ष्मण गौतमले अब जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी प्राप्त हुने गरे तयारी गर्ने बताए । गौतमले भने “हामी हाम्रा विद्यार्थीहरुलाइ जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको खेलाडी बनाउने गरि तयारिमा लागेका छौ ।”

यस्तै १७ अंक ल्याएकाे शिवमदन मावि अडगुरी दोस्रो भएको छ भने सहभागी समूह मध्यबाट जनसेवा माविले सबैभन्दा अनुशासित खेलाडीको रुपमा आफुलाई चिनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?