राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

२९ फागुन, काठमांडाै । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्। उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको थियो।

उनले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए। उनले १५ हजार ५१८ मतभार ल्याएका थिए। जसमध्ये संघमा ७ हजार ७४२ र प्रदेशमा ७ हजार ७७६ मतभार छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?