विपक्षी दलको मान्यता माग गर्दै संसद् सचिवालयलाई एमालेको पत्र

३० फागुन, काठमाडौं । नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ।

महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव  डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गरेका हुन्।

सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गरे। ‘महासचिवज्यूलाई सम्बोधन गरेर पत्र आएको छ। उहाँ (महासचिव) बाहिर भएकाले पत्र हेर्न पाएका छैनौं,’ उनले भने।

गत फागुन १५ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो।

यसअघि नेपाली कांग्रेसले विपक्षी दलको मान्यता दिन माग गर्दै आइरहेको थियो। तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सचिवालयले औपचारिक रुपमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको थिएन ।

यद्यपी कांग्रेस प्रतिनिधिसभा बैठकमा विपक्षी दलको बेञ्चमा बस्दै आइरहेको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल विपक्षी नहुने भएकाले आफूलाई मान्यता दिन नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले माग गर्दै आइरहेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?