अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा जिप दुर्घटना भएकाे छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु १ ज ४०१५ नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी ७ जना घाईते भएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए । घाइते मध्ये गम्भिर घाइते २ जनालाई उपचारका लागि बसटवल पठाइएकाे छ ।
घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा -७ का चन्द्र बहादुर खत्री, शितगङ्गा -२ का मिना थापा, मालारानी -५ बागीका रेमा भुसाल, मालारानी -५ का पोम नारायण भुसाल, मालारानी -५ का कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका -१ का अशोक नेपाली रहेका छन् ।
जिपको बेक्र फेल भई सोही बाटोमा रहेको सालको रूखमा ठोकिदा दुर्घटना भएकाे थियाे ।













