फोटो खिच्ने क्रममा भीरबाट लडेर युवतीको मृत्यु

बागलुङ । फोटो खिच्ने क्रममा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने क्रममा लडेर बागलुङ बजार बस्ने १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको न्यौपानेले जानकारी दिए।

‘प्रहरीले युवतीको घटनास्थलबाट उद्धार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुलतर्फ सेल्फी खिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्था हो’, न्यौपानेले भने, ‘लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो।’

घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?