कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालीका ४ जोतपुरका २ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन् ।
नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न फागनु २७ गते मृत्यु भएका बुबा चुरामणी भुसालको क्रियाकर्म २ दिदीबहिनीले उम्काउन लागेका हुन् ।
विविएसअध्ययनरत कपिलवस्तुको बुद्धभुमी नगरपालीका ४ जोतपुरका दुईबहिनी सुरक्षा र प्रतिक्षा भुसाल बाबुको मृत्यु संस्कार उम्काउन भन्दै हिन्दु परम्परा अनुसार क्रियाकर्ममा लागेका हुन् । उनीहरूका बुवा चुरामणी भुसालको फागनु २७ गते ४४ बर्षकाे उमेरमा निदन भएकाे थियाे ।
समाजमा छोराछोरी विचको विभेदलाई अन्त्य गदैं समाज रुपान्तरणका लागी आफुहरुले बुवाको निधनपछि काजक्रियामा बसेको उनीहरु बताउँछन् । जसले गर्दा विस्तारै नेपाली समाजमा पनि लैङ्घीक विभेदको अन्त्य हुने स्थानिय बासिन्दा बताउँछन् ।













