बुटवल । मिस वेस्टन नेपालको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।
रुपन्देहीको होटल एभरेस्ट इनमा बुधबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । जसमा मिस वेस्टन नेपालका ९ जना प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।
प्रतियोगितामा प्रतियोगिहरुले बक्तृत्वकला, गायन, नृत्य, साहित्य लगायतका बिधामा प्रस्तुती दिएका आयोजक संस्था नेक्स्ट रेभुलेसन नेपालका एमडी राजिब खनालले जानकारी दिए । खनालले भने -“यसले उनिहरुको क्षमता अभिबृधी भएको छ। हामिहरुले नेतृत्व तालिम, बजारिकरण, फोटो भिडियो सुट, युवा उद्यमी सम्बन्धि तालिम दिइरहेका छौँ ।”
लक्की दिपक प्रमुख निर्णायकको रुपमा रहेको प्रतियोगितामा साकार लम्साल, इश्वरी अधिकारी, समुन्द्र घिमिरे जिसि लगाएतले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
यस प्रतियोगिताको नतिजा आगामी चैत्र ११ गते हुने फाइनलमा प्रकाशन गरिने कार्यक्रम डायरेक्टर गोपाल अधिकारीले जानकारी दिए ।













