नियम अनुसार काम नगरेका लधुवित्तलाई कडा कारवाही गर्छौँ : प्रजिअ अर्याल

अर्घाखाँची । पछिल्लो समय अर्घाखाँची लगायत देशभर लधुवित्त संस्था प्रति ऋणीहरु आक्रोसित भइरहेको बेला लधुवित्तले मर्नु र बाच्नु गरायो भन्ने आरोप लगाईरहेको बेलामा बुधबार लधुवित्त पिडित अर्घाखाँचीका ऋणीले प्रमुख जिल्ला अधिकारी सामु आफ्ना समस्या राखेका छन् ।

अधिकाश समस्या लधुवित्तले अनावश्यक रुपमा धेरै टर्चर दियो , मानसिक यातना दियो व्याजदर धेरै लियो ऋण निकाल्दा अनावश्यक रकम कटौती ग¥यो , जिउदो मान्छेलाई पनि समयमै ऋण तिर्न नसक्दा मुत्यु दर्ताको कागज लिए ऋण विनाहा गरिदिन्छौ, साना छोराछोरीलाई पनि मानसिक टर्चर दियो भन्ने गुनाशा थिए ।

लधुवित्त पिडितको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी मिना अर्याले लधुवित संस्थाले वित्तिय नियम अनुसार काम नगरे कार्यबाही गर्ने बताउनु भएको छ ।

अर्घाखाँचीमा लघुवित्तमा बढ्दै गएको विसङ्गति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी, सरोकारवाला र पिडित बिच आज जिल्ला प्रशासन कार्यालयमा सम्पन्न समन्वयनात्मक कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताउनु भएको हो ।

प्रजिअ अर्यालले गरीब तथा विपन्न समुदायका महिला बर्गमा वित्तीय पहुँच पुर्याएर गरिबी निवारणमा सघाउने र वेरोजगारी घटाउने मुख्य उद्देश्यका साथ करिब तीन दशक अघि शुरु भएको लघुवित्त प्रणाली पछिल्लो समय नाफामुखी भएको बताउदै पछिल्लो समय नाफालाई मुख्य उद्देश्य वनाएकै कारण लघुवित्त सेवा गरीब सम्म आईपुग्दा समस्या देखा परेको बताउनुभयो । उहाँले सस्थाले नाफा कमाउने होडमा अनुचित अभ्यासहरू हुदै गएको र यसले मुख्यतः ऋणिहरु कहिल्यै माथि उठ्न नसक्ने अवस्था सिर्जना भएको बताउदै सेवाप्रदायक निकाय र सेबाग्राहीले जिम्मेबारी अपनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “कतिपय लधुवितले मानबता विरोधी काम गरेकोले नियमभन्दा बाहिर गएर काम गर्ने जोकोहीलाई पनि कार्यबाहीको दायरामा ल्याउँछौँ ।”

कार्यक्रममा सहायक प्रजिअ मेघनाथ उपाध्यायले नियमभन्दा माथि गएर ऋणीलाई दुख दिने मानसिक खतबल पु¥याउने काम गर्ने जोकोहीलाई कार्यबाही गनुपर्ने बताउदै मानबताका हिसाबले सभ्य व्यबहार र सामाजिक न्याय सहित जनतालाई सेबा दिनुपर्ने बताउनुभयो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले सेबाप्रदायक निकाय र सेवाग्राही बिच नङ मासुको सम्वन्ध हुनुपर्नेमा लक्ष्य र उदेश्यको ठोस किटान नहुदाँ सेबाग्राहीलाई दुख भएको बताउदै संस्थाले आम्दानी क्षमताका आधारमा ऋण लगानी गनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सघर्ष समितिका केन्द्रिय सदस्य तथा जिल्ला सयोजक शिब परियारले वित्तिय साक्षरता विना अनौपचारिक क्षेत्रमा ऋण लगानी गर्दा विमा , व्याजदर बढी भई ऋणीलाई भार परेको बताउनु भयो ।

बास्तविक पिडामा लधुवितकर्मी छौ ।

लधुविद्य कर्मीले बुधबार भएको समन्वयातात्मक बैठकमा बास्तविक रुपमा आफुहरु पिडामा रहेको बताए । आपसी समझदारी अनुसार बैक तथा वित्तिय सस्थाको नियम अनुसार ऋणीलाई ऋण सामुहिक रुपमा लगानी गरेको बताउदै आफुले लगानी गरेको पैसा उठाउन जादा ऋणीले विभिन्न लान्छाना लगाउने गरेको बताएका छन् ।

कतिपय अबस्थामा आफुहरु बिच सामुहिक छलफल भएको खण्डमा केही समय पर्खेको भएता पनि समय अबधि सम्म पछि ऋणीले वास्ता नगर्दा केही समस्या सिर्जना हुने गरेको बताउदै सिर्जित समस्यालाई सामुहिक रुपमा छलफल गर्नुको साटो ऋणी बैठकमा नआउनु दुखद भएको बताउदै ऋणीले ऋण उत्पादनमुलक क्षेत्रमा भन्दा अन्य क्षेत्रमा लगानी गरेका कारण समस्या सिर्जना भएको बताउछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?