मर्चवार । रुपन्देहीको कोटहिमाई गाउँपालिका वडा नम्बर ४ को श्री जानकी माध्यमिक विद्यालय, बरहदगुठी विद्यालयमा विद्यालय व्यवस्थापन समितिको विस्तार र अध्यक्ष चयनमा विवाद देखिएको छ ।
सहमती नभएपछि निर्वाचनबाट ४ सदस्यहरु (अकबर अलि अन्सारी , अनिता धोवी , जयन्त्री लोध र राजदेव यादव) निर्वाचित भएर आएका थिए । व्यवस्थापन समितिको निर्वाचनमा निर्वाचित सदस्यहरुले दुई जना सदस्य मनोनयन गर्न पाउने अधिकार रहेको छ ।
निर्वाचित ४ जना मध्य ३ जना (अकबर अलि अन्सारी , अनिता धोवी , जयन्त्री लोध) एकातिर र अर्को एक जना (राजदेव यादव) अर्को तिर भएर सदस्य मनोनयन गर्न समस्या भएको बताईएको छ । बहुमत सदस्यले आफू अनुकुलका दुई सदस्यलाई मनोनयन गर्न खोज्दा एक जना सदस्यको पक्षमा लागेर विद्यालयका प्रधानाध्यापक राम लखन यादवले विवाद निम्तिाएको आरोप लगेको छ ।
निर्वाचित सदस्य अकवर अलि अन्सारीका अनुसार सर्वसम्मत रुपमा निर्णय नभएपछि लोकतान्त्रिक विधि (बहुमत) को कदर गरी निर्णय गर्न खोज्दा विद्यालयका प्रअ यादवले एक जना सदस्य राजदेव यादवको पक्षमा लगेर समिति विस्तारमा अनावश्यक विवाद गरेको आरोप लगाएका छन् ।
प्रअ यादवले निर्वाचित सदस्यहरुलाई अपशब्द प्रयोग गरी गाली गलौँच गरेको , धम्काउने गरेको भन्दै विद्यालयका प्रअ राम लखन यादवलाई कारवाहीको माग सहित निर्वाचनमा विजय भएरपनि समिति विस्तार गर्न नपाएका सदस्यहरुले गत ६ गते ईलाका प्रहरी कार्यालय माझगाँवा , मर्चवारमा जाहेरी दिएका छन् । विद्यालयका प्रअ रामलखन यादवले जातीयताको कुरा उठाउँदै राजदेव यादवलाई नै अध्यक्ष बनाउन अनेक जालसाझी गरेको बताइएको छ ।
तर विद्यालयका प्रअ यादव भने आफूले कानून बमोजिम सहि काम गरेको दावि गरेका छन् । यद्यपी उनले विद्यालय व्यवस्थापन समितिको ऐन अनुसार निर्वाचित भएर आएका प्रतिनिधीको बहुमत सदस्यहरुको निर्णय मान्य नहुने बताउछन् । आफूले विवाद समाधानका लागि पुन बैठक बोलाएर निकास दिन तयार रहेको समेत बताएका छन् ।
यता , निर्वाचित तिन जना सदस्यहरुले भने विद्यालय परिसरमा आफूहरु असुरक्षित हुने भन्दै गाउँपालिकाको कार्यालयमा, गाउँपालिककै अध्यक्षकै रोहवारमा बैठक बलाएर विवादको सहि तरिकाले समाधान गर्नुपर्ने बताउँछन् ।













