आदर्श माध्यमिक विद्यालय खनदहमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मालारानी शाखाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैकले Global Mony Week 2023 को अवसर पारेर मालारानी ३ खनदहमा रहेको श्री आदर्श माध्यमिक विद्यालयका १२ कक्षामा अध्यनरत करिव ३० जना छात्रछात्राहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी गराएको छ ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक मनिष आचार्यले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवाका बारेमा प्रष्ट पारेका थिए । उनले वित्तिय कारोबार, भविश्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेशणबाट प्राष्त रकमको उत्पादनमुलक लगानी, पारिवारीक बजेट तथा योजना बैकका बचत तथा कर्जा योजना लगायतका बारेमा समेत जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक भेषराज खनालले बैकले विद्यार्थीहरुको लागि गरेको वित्तिय साक्षरता कार्यक्रमको लागि धन्यबाद दिदै बर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी हासिल गर्नु जरुरी रहेको भन्दै बैंकले आगामी दिनमा पनि साक्षरता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

बैंकले मालारानी ३ खनदहमा आधुनिक बैंकिङ् सेवा मार्फत ग्राहकहरुलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह गर्दै बैंकिङ् पहुच भन्दा बाहिर रहेका नागरिकहरुलाई सहजै बैकको पँहुचमा ल्याउने कार्यमा बैङले महत्वपुर्ण योगदान पुर्याएको छ । कार्यक्रम नेपाल इन्भेष्टमेन्ट मेगा बैक मालारानी शाखाका प्रबन्धक मनिष आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?