काठमाडौं । रबिन्द्र रोकाया (रवि) सुदूरपश्चिमको चेलो हुन् । उनी सानैदेखि सामाजिक काममा निकै रुचि राख्ने कसैलाई सेवा गर्न पाउँ वा कसैको सुखदुस्खको साथी बनाउन मन लाग्ने ब्यक्ती हुन । उनकाे BBM र MBS को पढाइ पनि नेपाल कमर्स क्याम्पस बाटै उत्तीर्ण गरे र बिगत लामो समय देखि विद्यार्थीहरुको आवाज बनेर विद्यार्थीका मुद्दा उठाउने सहयात्री भएर काम गरे जुन कुरा त्यस क्याम्पसका विद्यार्थीलाई अवगत नै छ ।
क्याम्पसको माटो र वातावरण सँग निकै गाडा माया बसेर होला कोमल मनको धनि रबि मिनभवनसँग मन बाँधेर बसिरहे र विद्यार्थीको माझमा काम गरिरहे ।
आफुलै विद्यार्थीको सेवक बन्छु भन्ने लागेर चैत्र ११ मा हुने स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सभापति पदमा स्वतन्त्र प्यानलका साथ उनक्व उम्मेद्वारी दिएका छन ।
आफ्नो सामाजिक सन्जाल मार्फत उनले भनेका छन “प्रिय विधार्थी दाजुभाई तथा दिदिवहिनीहरु तपाईहरुले व्यवस्थापन क्याम्पसको उचित व्यवस्थापनका लागि भएपनि एउटा विद्यार्थीको आवाज बोकेको रवि बुझेर मलाई विश्वास गरि अमुल्य मत दिएर जिताउनु भयो भने , त्यो जित सम्पूर्ण विद्यार्थीको हुनेछ , सबैले स्वतन्त्रता पाउँने छन् ।”













