अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी मशालका नेता कृष्ण केसीले बर्तमान सरकार बिदेशी शक्ति केन्द्रको ईशारामा चलेकोले नेपाली जनताको भाबना कदर गर्न नसक्ने बताएका छन् ।
तीन दलद्धारा अर्घाखाँचीको चुत्राबेशीमा आज आयोजना गरेको कोणसभालाई सम्वोधन गर्दै नेता केसीले यस्तो बताएका हुन् । नेता केसीले नेपाली जनताको ठुलो त्याग र समर्पण बलिदानबाट मुलुकमा परिबर्तनको बुजारोपण भएर मुलुकमा परिबर्तन भएको बताउदै परिबर्तनलाई उल्टाउनको लागि विदेशी शक्ति केन्द्रको प्रमुख नाइके बनेर बर्तमान सरकारले काम गरेको बताउदै आफ्ना जनता भन्दा विदेशी जनता प्यारा मान्नेलाई नेपाली जनताले कुनै हालतमा नछाड्ने बताउदै विभिन्न बाहनाबाट सिहदबारमा बल्लबल्ल बुई चढेका लाई घिसारदै जनताले कार्यबाही गर्ने बताए ।
एक फरक प्रसगमा नेता केसीले आफुहरुको छिट्टै पार्टी एकता हुने त्यो कम्युनिस्ट एकताले मुलुकमा बलियो कम्युनिस्ट शक्तिशाली पार्टी निर्माण हुने बताए ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओबादीका नेता अशोक राउतको सञ्चालन नेकपा बहुमत जिल्ला नेता पदम नेपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा तिन दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने तीन दलले आज सयुक्त रुपमा एकताको सन्देश सहित अर्घाखाँचीमा बनभोेजको आयोजना समेत गरेका थिए ।














