अर्घाखाँचीकाे जनसंख्या : पुरूषभन्दा १५ हजार ७ सय ४२ महिला बढि

अर्घाखाँची । अर्घाखाँची जिल्लाको जनसंख्या घटेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार अर्घाखाँची जिल्लाको जनसंख्या घटेको छ । पछिल्लो दश वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजार ५ सय ४६ ले घटेको छ । २०६८ को जनगणना अनुसार अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ रहेको थियो ।

२०७८ को जनगणना अनुसार अर्घाखाँचीको घटेर १ लाख ७७ हजार ८६ पुगेको हो । जसमा ८० हजार ६ सय ७२ जना पुरूष र ९६ हजार ४ सय १४ महिला रहेका छन् । यसरी हेर्दा अर्घाखाँचीमा पुरूष भन्दा महिला १५ हजार ७ सय ४२ ले बढि छन् । जिल्लाकाे  जनसंख्या बृद्धिदर -१.०५ प्रतिशत रहेकाे छ ।

२०७८ को जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?