बुटवल । यहि चैत १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पुर्ण तयारी पुरा भएकाे छ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लाहरूमा पुगिसकेका छन् ।
यो परीक्षाको लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एसइई परिक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५५ हजार ९१७ जना र २ लाख ६० हजार ६७४ छात्र छन्।
यस्तै परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार एसइई परीक्षा सञ्चालनका लागि देशभरबाट केन्द्र अध्यक्ष, सहायक केन्द्र, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरि करिब ७८ हजार जनशक्ति खटिने छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।













