अर्घाखाँची : सरकारी कार्यालय नजिकैका सार्वजनिक शौचालय प्रयोगविहिन

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेलमा ठिङ्ग उभिएको छ– एउटा सानो पक्की भवन टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको छ– सार्वजनिक शौचालय यी लेखिएका शब्द पनि मुस्किलले पढ्न सकिन्छ।

शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । शौचालयको अगाडिपट्टि लेखिएका शब्द हरू नै फोहोरले नदेखिने अबस्थामा रहेका छन् शौचालय फोहोर नगरौँ भनेर ’ लेखिएका शब्दहरू समेत नबुझिने अबस्थामा रहेका छन् ।

केही बर्ष अगाडि बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ। सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफैं फोहर बनेको हो। सबै सरकारी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय भवन नजिकै ठुलो टुडिखेल मैदान छ ।

No description available. जसमा जिल्लामा आयोजित प्राय खेल समेत आयोजना हुने गर्दछ । सुरुसुरुमा शौचालयले रमझम नै गरेको थियो। अहिले भने वार्षिक रूपमा पनि खुल्छ कि खुल्दैन, थाहै हुँदैन। जहिल्यै पनि खुला देखिन्छ। ‘शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन् ‘कहिलेकाहीँ साँझपख कहिलेकाही टुडिखेल घुम्न जाने अधिकाश मानिस त्यहाँ नजिक जान नसक्ने अबस्थामा पुगेका छन् ।

No description available.यसरी राज्यको लाखौँ रुपैयामा बनाइएको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन्। सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार भयो तर त्यो प्रचार लामो समयसम्म टिकेन अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ भएको छ । नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकताअनुसार बनाइएका सार्वजनिक शौचालय अहिले प्रयोगविहिन रहेका छन् ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?