छत्रदेब : चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन

कमला घिमिरे ,

अर्घाखाँची। छत्रदेव गाउपालिका वडा नम्बर ६ स्थित चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन  गरिएको छ ।

गत वर्ष देखी छत्रदेव गाउँपालिकाको प्रत्यक्ष लगानीमा सन्चालन हुँदै आईरहेको यस इकाईको नवनिर्मित भवनको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले समुद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि नि: शुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको एक  सम्मान पनि गरिएको थियो ।

उक्त भवन निर्माणका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क प्रदान (दान) गर्ने छत्रदेव गाउँपालिका वडा नं. ६ चौवा निवासी रविलाल पौडेल र छत्रदेव गाउँपालिका वडा नं.७ निवसी  प्रेम प्रसाद  पन्थिलाइ सम्मान गरिएको हो । भवन निर्माण का लागि नि:शुल्क जग्गा दन गर्नुहुने दानवीरद्वय पौडेल र पन्थीलाइ चौवाह सामुदायिक स्वास्थ्य इकाईले विशेष धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

साथै छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि पायकको क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्य इकाईको लक्ष्यले पुर्णता पाउँदा अत्यन्तै हर्षित भएको चौवाह सामुदायिक स्वास्थ्य इकाईले बताएको छ ।

स्तरिय स्वास्थ्य सेवा गाउँमा नै दिनको लागि प्रयास गरिरहने भन्दै वडा अध्यक्ष कमल पौडेलले भोलिका दिनमा उक्त संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?