छत्रदेब : चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन

कमला घिमिरे ,

अर्घाखाँची। छत्रदेव गाउपालिका वडा नम्बर ६ स्थित चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन  गरिएको छ ।

गत वर्ष देखी छत्रदेव गाउँपालिकाको प्रत्यक्ष लगानीमा सन्चालन हुँदै आईरहेको यस इकाईको नवनिर्मित भवनको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले समुद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि नि: शुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको एक  सम्मान पनि गरिएको थियो ।

उक्त भवन निर्माणका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क प्रदान (दान) गर्ने छत्रदेव गाउँपालिका वडा नं. ६ चौवा निवासी रविलाल पौडेल र छत्रदेव गाउँपालिका वडा नं.७ निवसी  प्रेम प्रसाद  पन्थिलाइ सम्मान गरिएको हो । भवन निर्माण का लागि नि:शुल्क जग्गा दन गर्नुहुने दानवीरद्वय पौडेल र पन्थीलाइ चौवाह सामुदायिक स्वास्थ्य इकाईले विशेष धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

साथै छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि पायकको क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्य इकाईको लक्ष्यले पुर्णता पाउँदा अत्यन्तै हर्षित भएको चौवाह सामुदायिक स्वास्थ्य इकाईले बताएको छ ।

स्तरिय स्वास्थ्य सेवा गाउँमा नै दिनको लागि प्रयास गरिरहने भन्दै वडा अध्यक्ष कमल पौडेलले भोलिका दिनमा उक्त संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?