विश्व कप छनोट प्लेअफमा क्यानडाको लगातार दोस्रो जित, अमेरिका २६ रनले पराजित

आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३/३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो । लगातार दोस्रो जितसहित क्यानडा २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?