गुल्मी । लुम्बिनी प्रदेशको गुल्मी अस्पताल केहि समययता कार्यालय प्रमुखविहिन भएको छ ।
अस्पतालका तत्कालिन मेसु डाक्टर उत्तम पचया सरुवा भएर काठमाण्डौं गएपछि त्यहाँ कोहि पनि प्रमुख अझै तोकिएका छैनन् । प्रमुख नहुदाँ अस्पतालका कर्मचारीले माघदेखिको तलब पाएका छैनन् ।
त्यसैगरी अस्पतालमा एक्सरे मेसिन बिग्रिएको छ । ल्याबमा थाइराइड मेसिन समेत चल्न सकेको छैन । विगत केहि दिनदेखि फिजियोथेरापी सेवा समेत बन्द भएको छ । सामाजिक सेवा एकाइमा छुट्याइएको बजेटसमेत माघ महिनामै सकिएको छ । फार्मेसीमा पनि आवश्यक औषधी उपलब्ध हुन सकेको छैन ।
विगत केहि समयसम्म राम्रो भनेर प्रशंसा पाइरहेको अस्पतालमा समस्या थपिदाँ पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । यसबाट बिरामीले सास्ती खेप्नु परेको अस्पतालमा आउने बिरामीले गुनासो गरेका छन् ।













