दाङ : कोदालाको पासोले हानेर हत्या

दाङ । दाङमा एक जनाको हत्या भएको छ ।​

बंगलाचुली गाउँपालिकाको २ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए।

हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ। हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र  ३६ वर्षीया श्रीमती  चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।

मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए। घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो। मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

मृतकको शबलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?