रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।

६ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’ चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।

सरकारमा गएको विषयमा उठेको प्रश्नको पनि उनले जवाफ दिएका छन् । सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको, जनताको काम गरेको उनले बताए । ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?