गुल्मी : इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार दिने

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको छ ।

राज्यले एकल महिलालाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने तर पुरुषलाई विभेद गरेकाले गाउँपालिकाले पुरुषलाई पनि भत्ता दिन थालेको उपाध्यक्ष कुँवरले बताइन् ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नवीन प्रकृतिको कार्य भएको उनको भनाइ छ । वडाको सिफारिसका आधारमा भत्ता दिइनेछ ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । अन्य सामाजिक सुरक्षा भत्तासँगै एकल पुरुषको भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?