अर्घाखाँची : स्वरोजगार बनाउन निशुल्क ईलेक्ट्रिसियन तालिम हुँदै

अर्घाखाँची । रोजगारी सृजना गर्ने उद्देश्य सहित अर्घाखाँचीका स्थानियतहमा निशुल्क ईलेक्ट्रिसियन तालिम सञ्चालन हुँदैछ ।

उद्यमशीलता अभिवृद्धि गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो । बैशाख दोस्रो सातादेखी मल्टी स्किल एण्ड ईनभायरमेन्ट डेभलपमेन्ट प्राली तथा CTEVT/ENSSURE परियोजनाको साझेदारीमा ईलेक्ट्रिसियन तालिम सञ्चालन गरिने संस्थाका परियोजना संयोजक केशव पन्थीले जानकारी दिए ।

यस तालिमबाट एक सय भन्दा धेरै युवाहरु लाभान्वित हुने छन् । पहिलो चरणमा सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा तालिम आयोजना हुने आयोजकले जनाएको छ । सन्धिखर्कमा ६० जना र मालारानीमा ४० जनालाई ईलेक्ट्रिसियन तालिमको आयोजना गरिएको छ ।

तालिमले युवावर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने परियोजना संयोजक पन्थीको भनाई छ । ‘हामीले विशेष गरि युवाहरुलाई प्राथमिकतामा राखेका छौं,उनले भने,‘तालिम पछाडी केही गर्छु भन्ने युवाले सम्पर्क गर्नुहोला, तालीम निशुल्क नै हुनेछ ।’

अर्घाखाँची सहित गुल्मीको रेसुङ्गा नगरपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा पनि तालिम सञ्चालन हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?