काठमाडौँ । दक्षिण एशियाभित्र छरिएर रहेका ज्योतिषीहरुको साझा संस्था दक्षिण एशियाली ज्योतिष महासंघको छैठौँ महासभा चैत्र २७ गते होटल हार्दिक बागबजारमा हुदैछ । उक्त महासभाले आगामी तिन वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने महासंघका सभापति आचार्य लक्ष्मण पन्थीले बताए । निर्वाचन सम्पन्न गर्नका लागि नेपाल ज्योतिष परिषद्का महासचिव ज्यो.पं. कमलप्रसाद काफ्ले संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको महासंघका महासचिव आचार्य सुरेशप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन समतिको सदस्य सचिवमा राजिव आचार्य, कोषाध्यक्षमा रविन पंगेननी र सदस्यहरुमा शिवलाल पौडेल र हसिना रुपाखेती रहनुभएको छ । कार्यक्रममा नेपाल भारत बंगलादेश श्रीलंका भुटान पाकिस्तान लगायतका देशका ज्योतिषिहरु उपस्थित हुने महासंघका संगठन सचिव भरतमणि ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचन समितिले २३ गते मतदाता नामावली र २४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेर निर्वाचनको कार्यक्रमलार्ई विधिवत् रुपमा अघि बढाएको दक्षिण एसीयाली ज्योतिष महासंघ निर्वाचन समिति २०७९ का सदस्य शिवलाल पौडेलले जानकारी दिनुभएको छ ।













