आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित : बेङ्लाेर एक विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लाेरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । एक सय २३ रनमा तीन विकेट गुमाएको लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ६२ रन बनाए ।

रोयल च्यालेन्जर्स बेङ्लाेरका मोहम्मद शिराज र वेन पार्नेलले समान ३/३ विकेट लिए । हर्षल पटेलले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लाेरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेङ्लाेरका कप्तान फाफ डु प्लेसिस सर्वाधिक ७९ रनमा अविजित रहे ।

विराट कोहली ६१ र ग्लेन म्याक्सवेल ५९ रनमा आउट भए । लखनउका अमित मिश्रा र मार्क वुडले एक/एक विकेट लिए । बेङ्लाेर तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?