दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।

गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो। लिगमा दिल्लीको भने लगातार चौथो हार हो। अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६५ रन बनाए। रोहितले ४५ बलमा ६ चौका र चार छक्का प्रहार गरे। तिलक वर्माले ४१, इशान किसनले ३१, क्यामेरोन ग्रीनले १७ र टिम डेविडले १३ रन बनाए।दिल्लीका मुकेश कुमारले दुई विकेट लिदा मुस्ताफिजुर रहमानले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९ दमलव ४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।  दिल्लीका अक्षर पटेलले ५४ रन बनाए। कप्तान डेविड वार्नरले ५१ रन जोडे। मनिष पाण्डेले २६ र पृथ्वी शाले १५ रन बनाए। मुम्बईका पियुश चावला र जसेन बह्रेनडोर्फले समान तीन विकेट लिए। रिले मेरेडिथले दुई विकेट लिदा रितिक सोकिनले एक विकेट लिए।

जितसंगै तीन खेलबाट दुई अंक जोडेको मुम्बई आठौं आठौँ स्थानमा छ। चार खेल खेल्दा पनि अंकविहीन दिल्ली तालिकाको पुछारमा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?