एमाले संसद विघटनको दाउमा छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

नसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । एमालेको यो सोचलाई पूरा हुन नदिने उनले बताए ।

अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने ।

उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

नेता नेपालले केही व्यक्तिले पार्टी छाड्नु विचार नभई व्यक्तिगत निर्णयको भएको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?