‘नाइँ नभन्नु ल ६’ वैशाख १५ मा आउने

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए ।

वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो ।

सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ समेत आउने तय भइसकेको छ । ‘नाइँ नभन्नु ल ६’ आउने भएपछि ‘प्रसाद २’ सँग यसको बक्स अफिस प्रतिस्पर्धा हुनेछ । पाटन उच्च अदालतको आदेशपछि चैत २४ गते आउने तयारीमा रहेको ‘प्रसाद २’ रोकिएको थियो ।

वैशाख ८ गते सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’, वैशाख २१ मा ‘ज्याकी : आईएम ट्वान्टी वान’ प्रदर्शन हुनेछन् । वैशाख २९ मा अहिलेसम्म कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?