नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची ।
नेपाल ज्योतिष परिषद जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख मिश्रा आचार्यले ज्योतिषले पत्ता लगाएको कुरालाई कसैले काट्न नसक्ने भन्दै ज्योतिष विद्याको संरक्षण र सम्बद्र्धनमा सबै लाग्नु पर्ने बताउनु भयो ।
नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव तथा नेपाल संस्कृत विश्व विद्यालयका सहप्राध्यापक अर्जुन प्रसाद भट्टराईले ज्योतिष विद्याले निकालेको सबै कुरा प्रमाणित भएको बताउनुभयो । उहाँले दैनिक हुने सुर्याेदय, सुर्य ग्रहण तथा चन्द्र ग्रहण लगायत सबै विषय ज्योतिष विद्याबाटै निकालिने बताउनुभयो । ज्योतिष गुरुहरु बसेर निर्माण गरेको पचाञ्ंग निर्णायक समितिले निकालेको पात्रोमा लेखिए अनुसार सबै कार्य हरु अगाडी बढेको बताउनुभयो ।

आज आयोजित कार्यक्रममा नेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेशले संचालन गरेको ३ महिने अनलाइनमा आधारित आधारभूत ज्योतिष प्रशिक्षण कार्यक्रममा सहभागी भइ उत्तीर्ण हुने प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्रसमेत प्रदान गरिएको थियो भने लुम्बिनी प्रदेश कार्यसमितिको पुर्व निर्णय अनुरुप प्रदेश कार्यसमितिको दोस्रो बैठक पनि अर्घाखाँचीमै सम्पन्न भएको जानकारी पनि लुम्बिनी प्रदेशका उपमहासचिव अनन्तप्रसाद घिमिरेले गराउनुभएको छ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य सुन्दर भण्डारी, प्रदेश अध्यक्ष मेघराज आचार्य, केशव गौतम, ढुण्डी ज्ञवाली, प्रशिक्षक कपिलदेव सुवेदी, जनार्दन न्यौपाने, वावा योगीराज, समाजसेवी लालमणी भुसाल, छन्द प्रसाद शर्मा, पाणिनि वेद विदाश्रमका कृष्ण प्रसाद भुसाल, सुमन्त प्रसाद पोख्रेल, १२ वटै जिल्लाका नेपाल ज्योतिष परिषद्क जिल्ला अध्यक्षहरु, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार श्याम घिमिरे, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल ज्योतिष परिषदका जिल्ला अध्यक्ष मोतीराज शर्माको अध्यक्षता, भेषराज चुँदालीको स्वागत मन्तब्य र सचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?