बाख्राको उत्पादन र उत्पादकत्व बढाउन बोका वितरण

रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाँउपालीकामा किसानहरुलाई विउ बोका बितरण गरीएको छ ।

गाँउपालीकामा रहेका पन्ध्र वटा स्वाबलम्वि समुहहरुलाई प्रति समुह एक वटाका दरले पन्ध्रवटा वोयर,वारबेरी,तथा बिट्टल जातका विउ बोका बितरण गरीएको हो ।

गाँउपालीकामा बाख्राको उत्पादन र उत्पादकत्व बढाई सानाकिसानलाई उद्यमशिल बनाउन उन्नत जातका विउबोका बितरण गरीएको हो । बोका वितरण कार्यक्रममा बोल्दै गाँउपालीकाका पशु चिकित्सक सुन बहादुर पुनले स्थानिय बाख्रामा रहेको हाडनाता हटाई नश्लसुधार गरेमा मात्र उत्पादन र उत्पादकत्व बृद्धी हुने भएकाले उन्नत विउ बोका बितरण गरीएको बताए ।

कार्यक्रममा वार्ड नम्बर पाँचका वडा अध्यक्ष देविलाल रोकाले साना किसानको आर्थिक समृŒि ल्याउन र खसिको मासुमा आत्मनिर्भर हुदै निर्यातउन्मुख बन्न पालीकाले किसानमैत्री कार्यक्रमलाइ जोडदिएको बताए ।

किसानले प्राप्त गरेका विउ बोका बाट प्रजनन गराइ उत्पादन बढेमा मात्र आर्थिक सुधार तथा पालीकाले लिएको लक्ष्य पुरा हुनेभन्दै वार्ड नम्बर चारका अध्यक्ष हर्कराम बुढामगरले सबै साना किसान गाँउपालीकाको लक्ष्य प्राप्तिमा लाग्न आग्रह गरे ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका पशु कल्याण अधिकृत अंकिता श्रेष्ठ, शहिद परीवार समाज नेपालका अध्यक्ष विशाल खड्का लगाएतले किसानले प्राप्तगरेका विउबोका सहि सदुपयोग गरी बाख्राको उत्पादन बढाउन लाग्न सबैलाइ आग्रह गरे ।

सुनछहरी गाँउपालीकामा हेफर प्रोजेक्ट नेपाल संगको साझेदारीमा शहिद परिवार समाज नेपालले कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परीयोजना सञ्चालन भएको छ ।

बोका वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी,समुहका प्रतिनिधी,परीयोजनाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सुनछहरी गाँउपालीका वार्ड नम्बर पाँच पोवामा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?