आईपीएल क्रिकेटमा चेन्नईलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्स अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको घरेलु मैदान जयपुरमा गएराति भएको खेलमा चेन्नई पराजित भयो ।

राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । चेन्नईका शिवम् दुवेले सर्वाधिक ५२ रन जोडे । ऋतुराज गायकवाड ४७ रनमा आउट भए ।

राजस्थानका एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ र कुलदीप यादवले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । राजस्थानका यशस्वी जयसवालले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले ।

ध्रुव जुरेलले ३४ र जोस बटलरले २७ रन बनाए । चेन्नईका तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए । जितसँगै राजस्थानको आठ खेलमा १० अङ्क भएको छ । समान आठ खेलमा १० अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?