बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दैछन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै शपथ ग्रहण गर्दैछन् । बिहान साढे ११ बजे मुख्यमन्त्री अमिक शेरचनसँग शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव प्रल्हाद पोखरेलले बताए ।
लुम्बिनीमा मुख्यमन्त्रीसँगै थप तीन मन्त्रीले पनि शपथ लिने कार्यक्रम रहेको नवनियुक्त मुख्यमन्त्री चौधरीले बताए । मुख्यमन्त्री चौधरीका अनुसार माओवादीबाट एक मन्त्री र साना दलबाट थप दुई जना मन्त्रीले सपथ लिनेछन्। आज कांग्रेसले मन्त्री नपठाउने उनले बताए।
एमाले नेता लिला गिरी नेतृत्वको यसअघिको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १/१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।




















