गुल्मी : कुलोमा डुबेर र भीरबाट लडेर २ महिलाको मृत्यु

गुल्मी। कुलोमा डुबेर गुल्मीमा १ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर ३७ वर्षीया महिलाको मृत्यु भएको हो ।

इस्मा गाउँपालिका वडानम्बर-२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

शुक्रबार बिहान ५ बजे स्थानीय छल्दी पनाह बाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबी मृत अबस्थामा शव फेला परेको हो ।

शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

त्यस्तै जिल्लाको सत्यवती गाउँपालिकामा घाँस काटने क्रममा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेका ३५ वर्षकी गीता सुनारको घाँस काट्ने क्रमम भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?