गिरिराज पान्डे,
यु.ए.इ । अर्घाखाँची सम्पर्क समिति यु.ए.इ को नयाँ बर्ष बिशेस कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
अर्घाखाँची जन्म भई हाल यु.ए.ई लाई कर्म थलो बनाई बसेका नेपालिहरु भेला भइ शुभकामना आदानप्रदान तथा पन्चेबाजा गितमा नाचगान गरि कार्यक्रम सम्पन्न भएको हो ।
नेपालिहरु एक आपासमा खुसि साटासाट गरिएको कार्यक्रममा ३०० जना भन्दा बढि नेपालीको उपस्थिति रहेको थियो । कार्यक्रम अमित पान्डेको सन्चालन तथा जेपि पोख्रेल को अध्यक्षतामा सम्पन्न भयको थियो ।













