अर्घाखाँची । शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको शितगंगा कृषि तथा पशु महिला बिकास सहकारी सस्थाको भवन उद्धघाटन गरिएको छ ।
प्रदेश सरकार , हेफर तथा स्थानिय तहको सहयोगमा भवन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले सहकारीको माध्यमबाट एक जुट भएका महिलाहरुले आफ्ना अधिकार प्राप्तिका लागि समेत हरेक स्थानबाट आवाज बुलंन्द गर्न पर्ने बताइन । साथै आफ्नो पहलमा अर्घाखाँचीमा बिभिन्न योजनाहरु सम्पन्न भएको बताउदै जनताको सहजताको लागि सधै साथमा रहने बताउनु भयो ।
यस्तै पुर्व नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगरपालिकाका जनप्रतिनिधीले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गर्नु भयो । नगरपालिकाका जनप्रतिनिधीले समन्वय नगरि काम गर्दा अनाबश्यक स्थानमा बजेट बिनियोजन भएको बताउनु भयो । जनताको दैनिक आबश्यकता नहेरी वडा नम्बर २ मा मुलाबारी क्षेत्रको पहाडमा बजेट बिनियोजन गरेर नगरप्रमुखले बजेटको सहि स्थानमा सदुपयोग गर्न नसकेको बताउनु भयो ।
यस्तै नगर उपमेयर गिता भाटले महिलाहरुले सहकारीको माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर हुन सफल भएको भन्दै सहकारीका महिलाहरुले लिएका योजनामा नगरपालिकाको सहयोग रहने बताउनु भयो । बिभिन्न उत्पादन र बजारीकरणमा सहकारीको भुमिका प्रशंसनिय रहेको भाटले बताउनु भयो ।
यस्तै नगर प्रमुख छबिलाल पौडेलले सहकारीको भवन निमार्ण भए सँगै अब स्थानिय उत्पादनको बजारीकरणमा सहकारीले पहिलो भुमिका खेल्नु पर्ने बताउनु भयो । नगरपालिकाले उत्पादनको आधारमा अनुदान दिने भएकोले पनि हरेक बर्ष कृषकको उत्पादन र आम्दानी बढ्नु पर्ने बताउनु भयो । यस्तै पौडेलले अघिल्लो कार्यकालमा भन्दामा बजेट बढी नआए पनि अहिले बिकासका नयाँ अबधारण सुरु गरिएको बताउनु भयो । नगरपालिकाले सडक पिचको काम समेत सुरु गरेको बताउनु भयो ।
यस्तै उहाँले शितगंगामा प्रर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न वडा नम्बर २ को मुलाबारीमा पदमार्ग निमार्ण गर्न लागेको जानकारी गराउदै अघिल्लो कार्यकालमा प्रर्यटन क्षेत्रमा काम हुन नसकेकोले अहिले सुरुवात गरिएको र यसलाइ सम्पन्न गर्न नगरपालकिा प्रयासरत रहेको बताउनु भयो ।
कार्यक्रम सस्थाका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षता शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलको प्रमुख आथित्यता ,उपमेयर गिता भाट , पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्री पुर्व नगर प्रमुख सुर्य प्रसाद अधिकारी को बिशिष्ट आथित्यता वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री, कार्यालालिका सदस्य चुरा बहादुर बिक ,वडा सदस्यहरु लगाय बिभिन्न संघ सस्थाका प्रतिनिधस्हरुको सहभागितामा भवनको उद्धघाटन गरिएको हो । कार्यक्रम संगिता गुरुङको स्वागत तथा बिष्णु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।













